ड्युटीमा फर्किए काठमाडौं महानगरका नगर प्रहरी, नयाँ सडकमा पार्किङ हटाउन थाले
काठमाडौं — काठमाडौं महानगरपालिकाका नगर प्रहरीहरू पुनः नियमित ड्युटीमा फर्किएका छन्।
गणेश नेपालीको आत्मदाह घटनापछि नगर प्रहरीहरू सडकमा परिचालन नहुँदा उपत्यकाका केही क्षेत्रमा ट्राफिक व्यवस्थापन र सार्वजनिक स्थानको अनुगमन प्रभावित भएको थियो।
बुधबारदेखि ड्युटीमा फर्किएका नगर प्रहरीहरूले नयाँ सडक क्षेत्रमा जथाभावी पार्किङ गरिएका सवारीसाधन हटाउने अभियान सुरु गरेका छन्। सार्वजनिक सडक अतिक्रमण तथा अव्यवस्थित पार्किङ नियन्त्रणका लागि उनीहरू सक्रिय रूपमा परिचालन भएका हुन्।
महानगरले नगर क्षेत्रको व्यवस्थापनलाई नियमित बनाउने उद्देश्यले नगर प्रहरीलाई पुनः फिल्डमा खटाएको जनाएको छ।