बेदिका केसी हाजिर जमानीमा रिहा
सामाजिक सञ्जालमार्फत व्यक्तिको निजी जीवनसँग सम्बन्धित विषयमा भ्रम फैलाएको र लाञ्छना लगाएको आरोपमा पक्राउ परेकी बेदिका केसी बिहीबार राति हाजिर जमानीमा रिहा भएकी छन्।
साइबर ब्यूरोका प्रवक्ता एसपी दिलीपकुमार गिरीका अनुसार सरकारी वकिलको कार्यालयको सहमतिमा उनलाई शुक्रबार बिहान १० बजे जिल्ला सरकारी वकिलको कार्यालय भद्रकालीमा उपस्थित हुने शर्तमा छोडिएको हो।
पुराण वाचिका राधिका दासीको जाहेरीका आधारमा केसी बिहीबार बिहान पक्राउ परेकी थिइन्। प्रहरीले अनुसन्धानका लागि १० दिनको म्याद मागे पनि सरकारी वकिलको कार्यालयले एक दिनको मात्र म्याद थप गरेको थियो।
हाजिर जमानीमा रिहा भए पनि उनीविरुद्धको मुद्दा भने जारी रहनेछ। अनुसन्धानका क्रममा प्रहरीले बोलाएको समयमा उपस्थित नभए पुनः पक्राउ गर्न सकिने व्यवस्था रहेको छ।