रोशी खोलाले बगाएर काभ्रेमा एक जनाको मृत्यु
काभ्रेको रोशी गाउँपालिका–७ स्थित कटुञ्जेबेशीमा रोशी खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । खोला तर्ने क्रममा बगाएर ७५ वर्षीय मोतिमान पाख्रिनको मृत्यु भएको काभ्रेका एसपी रविन कार्कीले बताए ।
सोमबार दिउँसो खोला तर्ने क्रममा पाख्रिनलाई रोशीले बगाएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय मंगलटार र प्रहरी चौकी कटुन्जेको टोलीले उनको शव खोलाबाट निकालेर पोस्टमार्टम गर्न धुलिखेल पठाएको छ।