देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा सरदर स्थान आसपास रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ भने बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागसहित विभिन्न स्थानमा मध्यम वर्षा भइरहेको छ।
आज देशभर बदली रहने र हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी, कोशी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।
आज रातिसमेत देशका विभिन्न भूभागमा वर्षाको सम्भावना रहेको छ। विभागले भारी वर्षाका कारण हुन सक्ने बाढी, पहिरो तथा अन्य जोखिमप्रति सतर्क रहन आग्रह गरेको छ।