शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी नभएसम्म काठमाडौं नछाड्ने सुकुम्वासीको अडान
विभिन्न होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुम्वासीहरूले शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी नभएसम्म काठमाडौं नछाड्ने बताएका छन्।
सरकारले नदी किनारबाट हटाइएका सुकुम्वासी परिवारलाई स्थायी ठेगाना भएको स्थानमा व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाएपछि उनीहरूले माइतीघरमा प्रदर्शन गर्दै यस्तो अडान व्यक्त गरेका हुन्।
प्रदर्शनकारीले शीघ्र पहिचान, प्रमाणीकरण, स्थायी व्यवस्थापन, कानुनबमोजिम जग्गाधनी पुर्जा र सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।