आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु
काठमाडौं– आत्मदाहको प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएको छ। वीर अस्पतालमा उपचाररत नेपालीको निधन भएको हो।
मुगु सोरु गाउँपालिका–१ का २५ वर्षीय नेपालीले राहदानी विभाग अगाडि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए। उनको शरीरको ठूलो भाग जलेपछि वीर अस्पतालको बर्न आईसीयूमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।