एम्बाप्पे र डेम्बेलेले बनाए २४ वर्ष पुरानो कीर्तिमानको बराबरी
फिफा विश्वकप २०२६ मा फ्रान्सका किलियान एम्बाप्पे र उस्मान डेम्बेलेले दुर्लभ कीर्तिमानको बराबरी गरेका छन्।
एउटै विश्वकपमा ५ वा सोभन्दा बढी गोल गर्ने एउटै देशका दुई खेलाडी बन्ने क्रममा उनीहरूले सन् २००२ को ब्राजिलियन जोडी रोनाल्डो र रिभाल्डोको उपलब्धि बराबरी गरेका हुन्।
जारी विश्वकपमा एम्बाप्पेले ८ र डेम्बेलेले ५ गोल गरिसकेका छन्। सेमिफाइनल पुगेको फ्रान्सका लागि यी दुई खेलाडीको प्रदर्शन उपाधि यात्रामा महत्वपूर्ण बनेको छ।