पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
पाल्पाको पूर्वखोला गाउँपालिका–१ तामाखानीमा मोटरसाइकल अनियन्त्रित भएर सडकबाट तल खस्दा चालकको मृत्यु भएको छ । लुम्बिनी प्रदेश ०१–००५ प ४०४१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर सडकबाट खस्दा पूर्वखोला गाउँपालिका–१ सामुङ्गा निवासी अन्दाजी २८ वर्षीय दिमस सारूको मृत्यु भएको हो ।
मोटरसाइकल करिब २५ मिटर तल खसेको प्रहरीले जनाएको छ। घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी जब्गादीबाट प्रहरी सहायक निरीक्षक तथा इलाका प्रहरी कार्यालय रामपुरबाट प्रहरी निरीक्षकको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।