निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा डा. परियार नियुक्त
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा.डा. जितेन्द्र परियार नियुक्त भएका छन् । सोमबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै सिफारिस समितिले योग्यता क्रमको पहिलो नम्बरमा सिफारिस गरेका परियारलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको जनाएको छ ।
मन्त्रालयले रिक्त रहेको कार्यकारी निर्देशक पदका लागि गत ५ असारमा आवेदन आह्वान गरेको थियो । अस्पताल विकास समितिको साउन ४ गते बसेको बैठकले परियारलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।