रुकुम पश्चिममा छोराद्वारा बाबुको हत्या
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८ हुसीखोलामा छोराले आफ्नै बाबुको हत्या गरेका छन्। सानीभेरी गाउँपालिका–८ हुसीखोला बस्ने अन्दाजी २६ वर्षीय पारस घर्तीले आफ्नै बुबा ठगेन्द्र घर्तीलाई धारिलो हतियार हँसियाले टाउकाको पछाडि प्रहार गरेका थिए।
हँसिया प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको हो। घटनापछि पारस घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।