चलिरहेको मोटरसाइकलमा उभिएको तस्बिर भाइरल भएपछि सांसद गुप्ताको आलोचना
सरकारले ट्राफिक नियम कार्यान्वयनमा कडाइ गरिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बब्लु गुप्ताको एक तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ।
भाइरल तस्बिरमा सिरहा निर्वाचन क्षेत्र नम्बर १ का सांसद गुप्ता चलिरहेको मोटरसाइकलमा उभिएर भिडियो बनाइरहेको देखिन्छ। लहान नगरपालिका–१६, तरेगनाबाट काभ्रे महादेव मन्दिरतर्फ जाने क्रममा उक्त तस्बिर खिचिएको बताइएको छ।
तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले सांसद गुप्ताले ट्राफिक नियम उल्लङ्घन गरेको भन्दै आलोचना गरेका छन्। यस विषयमा सांसद गुप्ता वा सम्बन्धित निकायबाट भने औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।