काठमाडौँमा मिटरब्याजसम्बन्धी २८७ वटा उजुरी
काठमाडौँ जिल्लामा एक वर्षमा अनुचित लेनदेन मिटरब्याज सम्बन्धी २८७ वटा उजुरी परेको छ । उजुरी परेका मध्ये ४८ थान मुद्दा अनुसन्धान सकेर अदालत लगिएको जिल्ला प्रहरी परिसर काठमाडौँले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । ५० वटा मुद्दा मेलमिलाप भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए।
२०८० असार देखी गृह मन्त्रालयको परिपत्र अनुसार जिल्ला प्रहरी कार्यालयहरूले अनुचित लेनदेन सम्बन्धी कसुरमा अनुसन्धान गर्दै आएका छन् । आर्थिक वर्ष २०८२–०८३ मा आएका अनुचित लेनदेनका १ सय ८९ उजुरी फर्छ्योट हुन बाँकी रहेको एसपी भट्टराईले बताए।