निषेधित क्षेत्र बालुवाटारमा लघुवित्तपीडितको प्रदर्शन
आन्दोलनरत लघुवित्तपीडित बालुवाटारनजिक पुगेर प्रदर्शन गरेका छन् । उनीहरू माइतीघरबाट ‘राजधानी मार्च’को ब्यानरसहित प्रदर्शन गर्दै निषेधित क्षेत्र बालुवाटार पुगेका हुन् । बालुवाटारमा लघुवित्तको नियामक निकाय नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय छ ।
राष्ट्र बैंकतर्फ अगाडि बढेका प्रदर्शनकारीलाई बालुवाटारको पीपलबोटमा प्रहरीले ब्यारिकेड राखेर रोकेको छ । सशस्त्र प्रहरीसमेत परिचालन गरेर उनीहरूलाई अघि बढ्न दिइएको छैन । उनीहरू सडकमै बसेर नाराबाजीका साथै सभाको आयोजना गरेका छन् ।