नेपालले आज जर्सीसँग पहिलो एकदिवसीय खेल खेल्दै
नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज जर्सीसँग पहिलो एकदिवसीय खेल खेल्दैछ। दुई खेलको शृंखलाअन्तर्गत पहिलो प्रतिस्पर्धा नेपाली समयअनुसार दिउँसो ४ः४५ बजे सुरु हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।
नेपालले जर्सीसँग दोस्रो तथा अन्तिम खेल असार ३१ गते खेल्नेछ। खेलअघि नेपाली टोलीले जर्सीको एनसिसी ग्रानभिलमा विशेष तयारी क्याम्पसमेत सञ्चालन गरेको थियो।
नेपाल १८ वर्षपछि जर्सी पुगेको हो। यसअघि सन् २००८ मा विश्व क्रिकेट लिग डिभिजन–५ खेल्न नेपाल जर्सी पुगेको थियो। त्यसपछि नेपाली टोली लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृंखला खेल्न नेदरल्यान्ड्स जानेछ, जहाँ नेपालले नामिबिया र घरेलु टोली नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ।