कर्णाली सरकारका कांग्रेसका चार मन्त्रीले दिए सामूहिक राजीनामा
कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका सबै मन्त्रीले सामूहिक राजीनामा दिएका छन्।
बुधबार मुख्यमन्त्री यामलाल कँडेलसमक्ष कांग्रेसका मन्त्रीहरूले संयुक्त रूपमा राजीनामा बुझाएका हुन्। सामाजिक विकास मन्त्री घनश्याम भण्डारीका अनुसार विकसित राजनीतिक परिस्थिति र आन्तरिक छलफलपछि राजीनामा दिने निर्णय गरिएको हो।
राजीनामा दिनेमा आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाह, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारी रहेका छन्।