त्रिभुवन विमानस्थलबाट आठ किलो गाँजासहित दुई भारतीय महिला पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब आठ किलो गाँजासहित दुई भारतीय महिला पक्राउ परेका छन्।
प्रहरीका अनुसार भारतको मणिपुर घर भएका २० वर्षीया मोनादेवी ह्लाजोम र २३ वर्षीया ओनियम एलीलाई थाई एयरवेजमार्फत बैंककबाट काठमाडौं आएका बेला सुटकेस जाँच गर्ने क्रममा गाँजासहित पक्राउ गरिएको हो।
यसैबीच, देशका विभिन्न स्थानबाट लागूऔषधसहित थप ३३ जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूको साथबाट खैरो हेरोइन तथा ट्रामाडोल, भोमिन र एनारगनलगायत प्रतिबन्धित औषधिजन्य लागूऔषध बरामद गरेको जनाएको छ।