पोखरामा माइक्रो र मोटरसाइकल ठोक्किएर एक युवकको मृत्यु
पोखरामा माइक्रो बसको ठक्करले मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । पोखरा १८ ढुंगेसाँघुमा ग १ ज ८२५० नम्बरको माइक्रोले ग १३ प ६०२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा १९ वर्षका सौगात भनिने लोकबहादुर गुरुङको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार एक जना घाइते छन् । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।