सुनसरीमा प्रदर्शन नरोकिएपछि महेन्द्र राजमार्ग र इनरुवा बजार क्षेत्रमा कर्फ्यू
सुनसरीमा प्रदर्शन नरोकिएपछि महेन्द्र राजमार्ग र ईनरुवा बजार क्षेत्रमा कर्फ्यू विस्तार गरिएको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले मङ्गलवार साढे ३ बजेदेखि लागु हुने गरी कर्फ्यू क्षेत्र बिस्तार गरेका हुन्।
महेन्द्र राजमार्गको पकली चोकसम्म, कोशी ब्यारेजको पुल र उत्तर दक्षिणतर्फ दुई सय मिटर क्षेत्रमा कर्फ्यू विस्तार गरिएको छ । इनरुवा बजार क्षेत्रमा पनि अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ।