रास्वपा काठमाडौं जिल्ला सभापतिमा राजा शाक्य निर्वाचित
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम काठमाडौं जिल्ला अधिवेशनबाट राजा शाक्य जिल्ला सभापतिमा निर्वाचित भएका छन्।
निर्वाचन समितिका अनुसार शाक्यले २५१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी सुरेश सापकोटा ले १८२ मत पाए। कुल ५२८ मतदातामध्ये ४३८ जनाले मतदान गरेका थिए, जसमा ४३३ मत सदर र ५ मत बदर भएको थियो।
त्यसैगरी उपसभापतिमा रवीन्द्र गौतम, सचिवमा सन्तमान महर्जन, सहसचिवमा सौरभ बस्नेत तथा सदस्यमा शम्शेरबहादुर श्रेष्ठ, केदारप्रसाद रैला र बलराम कार्की निर्वाचित भएका छन्।