भीरबाट ढुङ्गा खस्दा एक युवकको मृत्यु
कर्णाली करिडोरअन्तर्गत सान्नीत्रिवेणी गाउँपालिका–१ शान्तिघाट–आम्तडा सडकमा भीरबाट खसेको ढुङ्गा लाग्दा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार रास्कोट नगरपालिका–८ निवासी १८ वर्षीय बाबुराम टमटाको घटनास्थलमै मृत्यु भएको हो।
टमटा सडकमा डोजर चलाइरहेका बेला भीरबाट खसेको ढुङ्गा लागेर दुर्घटना भएको प्रहरीले जनाएको छ।