बेलायती रक्षामन्त्री जोन हेलीको राजीनामा, नयाँ रक्षामन्त्रीमा डान जार्भिस नियुक्त
लण्डन — बेलायतका रक्षामन्त्री जोन हेलीले पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्री किर स्टार्मरसँग असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएको जनाइएको छ।
हेलीले बढ्दो सुरक्षा जोखिमका बीच सरकारले आवश्यक स्रोतसाधन उपलब्ध गराउन नसकेको आरोप लगाउँदै पद त्यागेका हुन्। उनको राजीनामापछि प्रधानमन्त्री स्टार्मरको सरकारमाथि राजनीतिक दबाब बढेको विश्लेषण गरिएको छ।
यसअघि केही दिनअघि मात्रै नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र हेलीबीच भर्चुअल संवाद भएको थियो। उक्त संवादमा बेलायती सेनामा कार्यरत गोर्खा सैनिकहरूको हकहितका विषयमा छलफल भएको थियो।
प्रधानमन्त्री स्टार्मरले हेलीको राजीनामालाई दुर्भाग्यपूर्ण बताएका छन्। उनले डान जार्भिसलाई नयाँ रक्षामन्त्रीमा नियुक्त गरेका छन्।