रास्वपाको जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला अधिवेशन आजदेखि सुरु हुँदैछ । पार्टीको संगठनात्मक नीति अनुरुप केन्द्रीय समितिबाट निर्णय भए बमोजिम आज र भोलि जिल्ला अधिवेशनहरू हुने भएको हो । रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार आज ३७ र भोलि २९ जिल्लाहरूको अधिवेशन सम्पन्न हुनेछन् ।
आज र भोलि जिल्ला अधिवेशन गरेर जेठ २६ देखि असार १ सम्म प्रदेश अधिवेशन गर्ने कार्यतालिका छ । प्रथम महाधिवेशनको मिति असार ७ देखि ९ गतेसम्म चितवनमा हुने समय निर्धारण गरिएको छ ।