ओलीको दाबी : छानबिन आयोगलाई बयान नदिएको आरोप
काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको घटनाबारे छानबिन गर्न गठित आयोगलाई आफूले बयान नदिएको दाबी गरेका छन्।
आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको भूमिकामाथि प्रश्न उठाउँदै उनले आयोगले आफ्नो बयान लिएको भनी प्रतिवेदनमा उल्लेख गरेको विषय गलत भएको बताएका हुन्।
ओलीका अनुसार उनले आयोगलाई नमान्ने भन्दै लिखित जानकारीसमेत पठाएको र प्रश्नावली पनि नबुझेको तथा स्वीकार नगरेको दाबी गरेका छन्। उनले आफूले बयान नदिएको भए पनि आयोगले त्यसलाई फरक रूपमा प्रस्तुत गरेको आरोप लगाए।
उनले भदौ २३ र २४ गतेको घटना आयोगकै योजनामा भएकोसमेत टिप्पणी गरेका छन्। साथै हाल गठन गरिएको सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी छानबिन समितिप्रति पनि उनले असन्तुष्टि व्यक्त गरेका छन्।