कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा मिसाइल र ड्रोन आक्रमण, उडानहरू प्रभावित
कुवेत सिटी — कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा मिसाइल र ड्रोन आक्रमण भएपछि उडान सेवा अवरुद्ध भएको छ।
कुवेतको सेनाका अनुसार विमानस्थलको एक टर्मिनलमा ड्रोन र मिसाइल आक्रमण भएको हो। आक्रमणबाट भवनमा ठूलो क्षति पुगेको र धेरै व्यक्ति घाइते भएको बताइएको छ।
कुवेत न्यूज एजेन्सीका अनुसार घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ, तर घाइतेहरूको यकिन संख्या सार्वजनिक गरिएको छैन।
जनरल सिभिल एभिएशन अथोरिटीले आक्रमणपछि विमानस्थलका सबै उडानहरू रोकिएको जनाएको छ। अर्को सूचना नआएसम्म उडानहरूलाई अन्य विमानस्थलमा डाइभर्ट गरिएको छ।
यस घटनाले कुवेतको हवाई यातायात प्रभावित बनेको छ भने सुरक्षा सतर्कता उच्च पारिएको छ।