दक्षिणी लेबनानमा भएको इजरायली हवाई आक्रमणमा मृत्यु हुनेकाे संख्या ५ पुग्याे
दक्षिणी लेबनानमा भएको इजरायली हवाई आक्रमणमा मृत्यु हुनेकाे संख्या ५ पुगेकाे छ । हवाई आक्रमणमा २ जना घाइते भएका छन् । हवाई आक्रमणमा ५ जनाकाे मृत्यु भएकाे लेबनानको स्वास्थ्य मन्त्रालयले घोषणा गरेको छ ।
इजरायली हवाई आक्रमणले नबातीह जिल्लाको जिब्डिन सहरलाई लक्षित गरी आक्रमण गरेको मन्त्रालयको स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रले एक जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।