रास्वपाको पहिलो महाधिवेशन तयारी तीव्र, मूल आयोजक समिति गठन
चितवन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा हुने पहिलो ऐतिहासिक महाधिवेशनको तयारीलाई तीव्र बनाएको छ।
महाधिवेशनलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा ‘महाधिवेशन मूल आयोजक समिति’ गठन गरिएको पार्टीले जनाएको छ।
पार्टी प्रवक्ता कविन्द्र बुर्लाकोटीका अनुसार समितिमा उपसभापति डा. स्वर्णिम वाग्ले, महामन्त्रीद्वय बुर्लाकोटी र भूपदेव शाह, सहमहामन्त्री विपिनकुमार आचार्य, कोषाध्यक्ष लिमा अधिकारी, सहकोषाध्यक्ष बसुमाया तामाङ, प्रवक्ता मनिष झा, सचिवालय सदस्य विराजभक्त श्रेष्ठ र दीपकराज बोहरा रहेका छन्।
यसैगरी समितिमा गणेश पराजुली, कानुनमन्त्री सोविता गौतम, परराष्ट्रमन्त्री शिशिर खनाल, हरि ढकाल, सरिता ज्ञवली र सागर ढकाल पनि समावेश छन्।
पार्टीले सबै केन्द्रीय सदस्य तथा सातै प्रदेशका प्रदेश सभापतिलाई समेत मूल आयोजक समितिमा समेटिएको जनाएको छ।