रास्वपाको सचिवालय बैठक बिहीबार बस्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बिहीबार बस्ने भएको छ। बैठकमा पार्टीको पहिलो महाधिवेशनको तयारी तथा समसामयिक संगठनात्मक विषयमा छलफल गरिने जनाइएको छ।
रास्वपाले आगामी साउन ७ गतेदेखि पहिलो महाधिवेशन आयोजना गर्दैछ, जसमा देशभरबाट करिब २५ हजार प्रतिनिधिको सहभागिता रहने अपेक्षा गरिएको छ। महाधिवेशनलाई व्यवस्थित बनाउन पार्टी नेतृत्वले प्रदेशस्तरमा परामर्श र संवादलाई तीव्रता दिएको छ। साथै, नयाँ विधान पारित गर्ने तयारीसमेत अघि बढाइएको छ।