नेप्से परिसूचक झिनो अंकले बढ्यो, कारोबार ३.६३ अर्ब नाघ्यो
धितोपत्र बजारमा आज शेयर कारोबार मापक NEPSE Index झिनो अंकले उकालो लागेको छ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ०.०८ अंकले बढेर २,७०५.५३ बिन्दुमा पुगेको छ। तर ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२० अंकले घटेर ४६४.४३ मा सीमित भएको छ।
आज कुल ३५२ कम्पनीका ८३ लाख ७५ हजारभन्दा बढी कित्ता शेयर ३ अर्ब ६३ करोडभन्दा बढी मूल्यमा कारोबार भएका छन्।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रह्यो भने रिलायन्स स्पिनिङ मिल्स, बुङ्गल हाइड्रो, सेन्ट्रल फाइनान्स र आँखु खोला जलविद्युत् कम्पनी पनि शीर्ष कारोबारमा परे।
लाभतर्फ सोपान फर्मास्युटिकल्स, अपोलो हाइड्रोपावर लगायतका कम्पनीका लगानीकर्ताले नाफा कमाए भने एनएमबी डिबेञ्चर, प्राइम डिबेञ्चर, एबिएस डिबेञ्चर, डोल्टी पावर कम्पनी र लक्ष्मी उन्नति कोषका लगानीकर्ताले घाटा बेहोरे।