होर्मुज स्ट्रेटको सुरक्षाबारे अमेरिका राष्ट्रसंघमा, इरानविरुद्ध प्रस्ताव पेश
अमेरिकाले होर्मुज स्ट्रेटमा जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न संयुक्त राष्ट्र सुरक्षा परिषद्मा प्रस्ताव पेश गरेको छ।
अमेरिका र बहराइनद्वारा अगाडि बढाइएको उक्त प्रस्तावलाई खाडी सहयोग परिषद् (जीसीसी) का देशहरूले पनि समर्थन गरेका छन्।
प्रस्तावमा इरानमाथि दबाब बढाउने रणनीति समेटिएको बताइएको छ। तर प्रस्ताव पारित हुने सम्भावना भने कमजोर देखिएको छ।
रूस र चीनले उक्त प्रस्तावमा भिटो प्रयोग गर्न सक्ने संकेत दिएका छन्। उनीहरूले प्रस्तावले इरानमाथि एकपक्षीय दबाब सिर्जना गरेको तथा अमेरिका र इजरायलको भूमिकालाई पर्याप्त रूपमा नसमेटिएको तर्क गरेका छन्।