भ्रष्टाचार निर्मूल गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री शाह
काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकमा सुशासन कायम गर्न बेथिति अन्त्य गर्दै भ्रष्टाचार निर्मूल गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।
प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद कविन्द्र बुर्लाकोटीको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री शाहले भ्रष्टाचार नियन्त्रणका लागि सरकार सबै हिसाबले सक्रिय र क्रियाशील रहने बताए।
सांसद बुर्लाकोटीले सरकारले पहिलो वर्षलाई ‘सुशासनको वर्ष’का रूपमा घोषणा गरेकोमा स्वागत गर्दै विभिन्न निकायले मन्त्री र सांसदहरूको निगरानी गरिरहेको उल्लेख गरेका थिए।
प्रधानमन्त्री सदनमा उपस्थित भएर प्रत्यक्ष जवाफ दिएपछि सांसदहरूले त्यसलाई सकारात्मक रूपमा लिएका छन्। यद्यपि, नियमावलीअनुसार पूर्वतयारीसहित लिखित प्रश्नोत्तर प्रक्रिया पूरा नभएको भन्दै विपक्षी सांसदहरूले ध्यानाकर्षण गराएका थिए।