कांग्रेस संसदीय दलको बैठक सुरू, बजेटअघि रणनीति र समसामयिक राजनीतिबारे छलफल
काठमाडौँ — नेपाली कांग्रेस संसदीय दलको बैठक सिंहदरबारस्थित दलको कार्यालयमा सुरू भएको छ।
बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको थियो।
बैठकमा समसामयिक राजनीतिक अवस्था, संसदमा पार्टीको आगामी रणनीति तथा सरकारद्वारा प्रस्तुत हुन लागेको आर्थिक वर्ष २०८३–८४ को बजेटका विषयमा छलफल हुने बताइएको छ।
सरकारले भोलि नयाँ बजेट सार्वजनिक गर्ने तयारी गरिरहेको छ, जसलाई लिएर राजनीतिक दलहरू आ–आफ्नो रणनीति बनाउन सक्रिय भएका छन्।