ह्वाइट हाउस बाहिर गोली चलाउने संदिग्ध मारिए
वासिङ्टन — अमेरिकाको ह्वाइट हाउस बाहिर गोली चलाउने एक संदिग्ध व्यक्ति सुरक्षाकर्मीको जवाफी कारबाहीमा मारिएका छन्। घटनामा एक सर्वसाधारण घाइते भएका छन्।
सेक्रेट सर्भिसका अनुसार शनिबार साँझ १७ औं स्ट्रिट र पेन्सिलभेनिया एभिन्यु क्षेत्रमा ती व्यक्तिले अचानक गोली चलाउन थालेपछि सुरक्षाकर्मीले जवाफी फायर गरेका थिए।
घटनाको समयमा राष्ट्रपति ह्वाइट हाउसमै रहे पनि उनी सुरक्षित रहेको अमेरिकी अधिकारीहरूले बताएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको छ।