पूर्व उपसचिव ठाकुर प्रसाद कोइरालाको निधन, पशुपति आर्यघाटमा अन्त्येष्टि
नेपाल सरकारका पूर्व उपसचिव ठाकुर प्रसाद कोइरालाको निधन भएको छ। वि.सं. १९८५ असार १० गते जन्मिएका कोइरालाको वि.सं. २०८३ वैशाख १६ गते निधन भएको हो।
राष्ट्रसेवक, समाजसेवी तथा बौद्धिक व्यक्तित्वका रूपमा परिचित कोइरालाले आफ्नो जीवनकालमा सुशासन, विकास र सामाजिक सेवाका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका थिए। उनको सरलता, नैतिकता र कर्तव्यनिष्ठा समाजका लागि प्रेरणादायी मानिन्छ।
उनको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।