पुटिन–सी भेटमा मित्रताको प्रदर्शन, ग्यास सम्झौता टुंगिएन
बेइजिङ — रुसी राष्ट्रपति Vladimir Putin र चिनियाँ राष्ट्रपति Xi Jinping बीच बेइजिङमा भएको भेटवार्तामा रणनीतिक सहकार्य, मित्रता र पारस्परिक विश्वासका विषयमा जोड दिइएको छ।
‘ग्रेट हल अफ द पिपुल’मा आयोजित स्वागत समारोहमा चिनियाँ सैन्य ब्याण्डले रुसी धुन ‘मस्को नाइट्स’ बजाएको थियो। भेटका क्रममा दुवै नेताले संयुक्त राज्य अमेरिकाको आणविक नीति र डोनाल्ड ट्रम्पको ‘गोल्डेन डोम’ क्षेप्यास्त्र रक्षा योजनाको आलोचना गरेका थिए।
रुस र चीनले विश्व राजनीतिमा निकट सम्बन्ध देखाउन खोजे पनि बहुप्रतीक्षित ग्यास पाइपलाइन सम्झौता भने टुंगिन सकेन। राष्ट्रपति पुटिन चीन भ्रमण सकेर कुनै ठोस ऊर्जा सम्झौताबिनै स्वदेश फर्किएका छन्।