एमाले नेतृत्व परिवर्तनको चर्चाबीच ओलीको प्रश्न — “मलाई कुन विधिबाट हटाउने?”
काठमाडौं — नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफूलाई नेतृत्वबाट हटाउने विषय विधि र प्रक्रियाअनुसार हुनुपर्ने बताएका छन्।
सचिवालय बैठकमा धारणा राख्दै अध्यक्ष ओलीले राष्ट्रिय महाधिवेशन भएको ६ महिना पनि नपुगेको अवस्थामा फेरि महाधिवेशनको कुरा उठाउनु उचित नहुने बताएका हुन्।
“मलाई हटाउने हो भने कुन विधिबाट कसरी हटाउने? राष्ट्रिय महाधिवेशन गरेको ६ महिना पनि भएको छैन,” ओलीको भनाइ उद्धृत गर्दै स्रोतले जनाएको छ।
उनले विशेष महाधिवेशन आवश्यक परे त्यसबारे स्पष्ट निर्णय हुनुपर्ने र केही महिनाअघि सम्पन्न तहगत अधिवेशनको औचित्यमाथिसमेत प्रश्न उठाएका छन्।
एमालेभित्र नेतृत्व परिवर्तनको बहस चलिरहेका बेला ओलीको यो अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ।