बजेटबारे अर्थमन्त्री वाग्लेको पत्रकारसँग अन्तरक्रिया आज
अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३–०८४ को बजेटबारे आज सञ्चारकर्मीसँग अन्तरक्रिया गर्ने भएका छन्। अर्थ मन्त्रालयका अनुसार कार्यक्रम दिउँसो ३ बजे सिंहदरबारस्थित सुवर्ण हलमा हुनेछ।
अर्थमन्त्री वाग्लेले गत शुक्रबार आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट संसदमा प्रस्तुत गरेका थिए।