बाढीका कारण अफगानिस्तानमा ७३ हजार मानिस प्रभावित
गत दुई हप्तामा अफगानिस्तानमा बाढीमा परी दशौं हजार प्रभावित मानिस प्रभावित भएका छन् । संयुक्त राष्ट्रसंघकाअनुसार मार्च २६ देखि अप्रिल ६ सम्म अफगानिस्तानमा भारी वर्षा भएको थियो । वर्षाका कारण आएको बाढीले सयौं गाउँ जलमग्न भएको र ७३ हजार भन्दा बढी मानिस प्रभावित भएको जनाइएको छ ।
बाढीका कारण नौ हजार भन्दा बढी घर क्षतिग्रस्त भएका छन् । यस्तै कृषि बाली तथा जग्गासमेत नष्ट भएको जनाइएको छ । जसले प्रभावित क्षेत्रहरूमा खाद्य सुरक्षाको बारेमा गम्भीर चिन्ता बढाएको छ ।