मन्त्रिपरिषद्को बैठक बस्दै
मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अपराह्न साढे ४ बजे बैठक तय गरिएको हो।
बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयहरूमा छलफल हुने र आवश्यक निर्णयहरू लिइने जनाइएको छ।