बोडेमा जिब्रो छेड्ने तयारीमा रहेका सुजन बाग श्रेष्ठलाई प्रदेश सरकारको सहयोग
मध्यपुर थिमिको बोडेमा जिब्रो छेड्ने तयारीमा रहेका सुजन बाग श्रेष्ठलाई बागमती प्रदेश सरकारले रु २ लाख सहयोग प्रदान गरेको छ।
वैशाख २ गते चौथोपटक जिब्रो छेड्ने तयारीमा रहेका उनलाई संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले “मुख्यमन्त्री जोखिम संस्कृति संरक्षण तथा प्रवर्द्धन कार्यक्रम” अन्तर्गत सम्मान गरेका हुन्।
बोडे र थिमी क्षेत्रमा जिब्रो छेड्ने परम्परा वर्षमा दुई पटक मनाइन्छ, जसलाई स्थानीयहरूले सांस्कृतिक संरक्षण र शुभ–समृद्धिसँग जोडेर हेर्ने गरेका छन्।