मध्यपूर्व द्वन्द्व चर्किदाँ तेल र ग्यासको मूल्य बढ्यो
मध्यपूर्वमा जारी सैन्य तनावका कारण विश्व ऊर्जा बजारमा दबाब बढ्दै जाँदा अन्तर्राष्ट्रिय तेल र ग्यासको मूल्य थप उक्लिएको छ ।
तेलको अन्तरराष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको भाउ मंगलबार करीब १ दशमलव ९ प्रतिशतले बढेर प्रति ब्यारेल ७९ डलर २५ सेन्ट पुगेको छ भने अमेरिकामा कारोबार हुने तेलको मूल्य पनि झण्डै १ दशमलव ५ प्रतिशतले ले बढेको छ ।
अमेरिका र इजरायलले सप्ताहन्तमा इरानमाथि आक्रमण सुरु गरेपछि विश्व तेल तथा ग्यास बजारमा अस्थिरता बढेको देखिएको हो । तेल उत्पादक क्षेत्रमै तनाव चर्किँदा आपूर्ति अवरुद्ध हुने चिन्ताले मूल्यमा थप चाप परेको विश्लेषण गरिएको छ ।