बालेन नेतृत्वको १५ सदस्यीय मन्त्रिपरिषद्मा पाँच महिला मन्त्री नियुक्त
काठमाडौँ, १३ चैत । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको १५ सदस्यीय मन्त्रिपरिषद्मा पाँच जना महिला मन्त्री नियुक्त भएका छन् ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सोविता गौतम, सामान्य प्रशासन मन्त्रालयमा प्रतिभा रावल, महिला, बालबालिका मन्त्रालयमा सीता वादी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा निशा मेहता तथा कृषि मन्त्रालयमा गीता चौधरीलाई मन्त्रीमा नियुक्त गरिएको हो ।
नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।
सरकार गठनसँगै मन्त्रिपरिषद्मा महिला सहभागिता उल्लेखनीय रूपमा बढेको बताइएको छ ।