प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीको वाचा : अध्ययन गरेर छिट्टै कार्यान्वयन गर्छु
काठमाडौं। गत भदौ २३–२४ गते भएको जेन-जी आन्दोलनमा भएको हताहती र विध्वंशबारे जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले सोमबार आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेको आयोगका अध्यक्ष कार्कीसहितको टोलीले प्रतिवेदन बुझाएका थिए। प्रतिवेदन बुझिसकेपछि प्रधानमन्त्री कार्कीले अध्ययन गरी छिट्टै कार्यान्वयन गर्ने वचन दिएका छन्।
आयोगका सदस्य पूर्वडीआईजी विज्ञानराज शर्माका अनुसार प्रतिवेदनमा आन्दोलनमा गल्ती गर्नेहरू विरुद्ध कारबाही सिफारिस गरिएको छ। आयोगले घटनास्थलको सुरक्षा व्यवस्था र संसद् भवन परिसरमा ब्यारिकेडमा देखिएका कमजोरीहरू पनि उल्लेख गरेको छ।
‘प्रधानमन्त्रीसँग कुरा हुँदा उहाँले हामीलाई धन्यवाद दिनु भयो। अब के गर्ने, सरकार गर्छ,’ शर्मा भनेका छन्। आयोगले पत्ता लगाएका आधारमा आवश्यक सुझाव र राय प्रतिवेदनमा समावेश गरिएको छ।