किम जोङ उन: आणविक कार्यक्रम छोड्दैनौँ, चेतावनी तीव्र
उत्तर कोरियाका नेता किम जोङ उन ले आफ्नो देशको आणविक कार्यक्रम कुनै हालतमा नछोड्ने स्पष्ट सन्देश दिएका छन्। उनले उत्तर कोरियाको आणविक शक्तिको स्थिति ‘अपरिवर्तनीय’ रहेको घोषणा गर्दै दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकालाई चेतावनी दिएका हुन्।
सर्वोच्च जनसभामा सम्बोधन गर्दै किमले शत्रु शक्तिविरुद्ध संघर्ष अझ आक्रामक बनाइने र आत्मरक्षात्मक आणविक क्षमतालाई विस्तार गरिने बताए। उनले दक्षिण कोरियालाई ‘सबैभन्दा शत्रु राष्ट्र’ को रूपमा उल्लेख गर्दै कुनै पनि वार्तालाई बेवास्ता गर्ने संकेत दिए।
विश्लेषकहरूका अनुसार किमको अभिव्यक्तिले कोरियाली प्रायद्वीपमा तनाव थप बढ्ने सम्भावना देखाएको छ। साथै उनले अमेरिकाको सैन्य गतिविधिको आलोचना गर्दै आणविक क्षमतामा थप लगानी गर्ने नीति दोहोर्याएका छन्।