दक्षिण लेबनानमा स्वास्थ्य केन्द्रमा आक्रमणमा १२ स्वास्थ्यकर्मीको मृत्यु
लेबनानको दक्षिणी क्षेत्रमा रहेको एक स्वास्थ्य केन्द्रमा भएको इजरायली आक्रमणमा १२ जना स्वास्थ्यकर्मीको मृत्यु भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मारिनेमा डाक्टर र नर्सहरूसमेत रहेका छन् ।
मन्त्रालयका अनुसार आक्रमण शुक्रबार बोर्ज कालाउइये क्षेत्रमा भएको थियो, जहाँ रहेको स्वास्थ्य केन्द्रलाई निशाना बनाइएको बताइएको छ । घटनाप्रति विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससले कडा निन्दा गरेका छन् । यस्तो घटनाले लेबनानको स्वास्थ्य प्रणालीमाथि भइरहेको निरन्तर आक्रमणलाई देखाउने उनले बताएका छन् । ‘स्वास्थ्यकर्मीहरू सधैँ सुरक्षित हुनुपर्छ। यस्तो दुखद घटनाको हामी कडा शब्दमा निन्दा गर्छौ’ टेड्रोसले भने ।
उता इजरायली रक्षा बल (आईडीएफ)ले दक्षिण लेबनानको उक्त क्षेत्रमा आक्रमण भएको रिपोर्टबारे आफूहरूलाई जानकारी भएको बताउँदै घटनाको समीक्षा भइरहेको जनाएको छ ।