मकवानपुरमा भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु
मकवानपुर — इन्द्रसरोवर गाउँपालिका–३ चुत्रोघारीडाँडा जंगलमा भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घाँस काट्न गएकी ९ वर्षीया लमिना वाइवा (छोरी, वीरेन्द्र वाइवा, जातिपोखरी) सोमबारदेखि हराएकी थिइन्। खोजतलासका क्रममा उनलाई भिरबाट लडेर मृत्यु भएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।
प्रहरी नायब उपरीक्षक पुष्कर बोगटी का अनुसार शव परीक्षणका लागि अस्पताल ल्याउने तयारी भइरहेको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको छ।