इरानसँगको युद्धमा १३ अमेरिकी सैनिकको मृत्यु, १४० घाइते
इरानसँग जारी युद्धका क्रममा हालसम्म १३ अमेरिकी सैनिकको मृत्यु भएको छ।
अमेरिकी रक्षा मन्त्रालयका अनुसार इराकमा बिहीबार इन्धन भर्ने सैन्य विमान दुर्घटनामा मृत्यु भएका ६ सैनिकको पहिचान सार्वजनिक गरिएको छ। उक्त दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ।
यस दुर्घटनापछि इरानसँगको युद्धमा मृत्यु हुने अमेरिकी सैनिकको संख्या १३ पुगेको छ, जसमा ७ सैनिक प्रत्यक्ष युद्धका क्रममा मारिएका थिए।
रक्षा मन्त्रालयका अनुसार हालसम्म करिब १४० अमेरिकी सैनिक घाइते भएका छन्, जसमध्ये ८ जनाको अवस्था गम्भीर रहेको छ।