जेन–जी छानबिन प्रतिवेदन सार्वजनिक गर्न सुमना श्रेष्ठको माग
काठमाडौं। पूर्वमन्त्री सुमना श्रेष्ठले जेन–जी आन्दोलनबारे छानबिन गर्न गठित आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गरेकी छन्।
उनले नागरिकले विश्वास गरेको सरकारले प्रतिवेदन तुरुन्तै सार्वजनिक गरेर आफ्नो दायित्व पूरा गर्नुपर्ने बताइन्।
‘२३ भदौमा कसले गोली चलायो र २४ भदौमा कसले सिंहदरबार जलायो भन्ने विषय स्पष्ट हुनुपर्छ,’ उनले भनिन्। उनका अनुसार सुशीला कार्की नेतृत्वको सरकारले घटनाबारे सबै विवरण जनतासमक्ष सार्वजनिक गर्नुपर्छ।
उनले आन्दोलनका क्रममा ज्यान गुमाएका र घाइते भएका युवाको भावना सम्बोधन गर्न पनि प्रतिवेदन सार्वजनिक आवश्यक रहेको बताइन्। साथै, अघिल्ला आयोगका प्रतिवेदनजस्तै दराजमा थन्क्याएर नराख्न पनि उनले सरकारलाई सुझाव दिएकी छन्।