मोदीद्वारा नेपाललाई निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा बधाई
काठमाडौं। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सफलतापूर्वक सम्पन्न भएकोमा नेपाल सरकार र जनतालाई बधाई दिएका छन्।
मोदीले भनेका छन्, “म नेपालका जनता तथा सरकारलाई सफल र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गरेकोमा हार्दिक बधाई दिन्छु। मेरा नेपाली दिदीबहिनी तथा दाजुभाइहरूले उत्साहपूर्वक आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गरेको देख्दा अत्यन्त खुशी लागेको छ।”
उनले चुनावी परिणामलाई ऐतिहासिक उपलब्धि भन्दै नेपालको लोकतान्त्रिक यात्राको गर्विलो क्षण रहेको बताए। तर, प्रधानमन्त्री सुशिला कार्कीको नाम र रास्वपाको उल्लेख भने नगरेका छन्।
मोदीले घनिष्ठ मित्र तथा छिमेकीको रूपमा भारत नेपालसँग मिलेर साझा शान्ति, प्रगति र समृद्धिलाई नयाँ उचाइमा पुर्याउन प्रतिबद्ध रहेको पनि बताएका छन्।