कतारमा हेलिकोप्टर दुर्घटना : ६ जनाको मृत्यु, एक बेपत्ता
दोहा । कतार मा भएको हेलिकोप्टर दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता रहेका छन्।
कतारको गृह मन्त्रालय का अनुसार दुर्घटनामा परेका सात जनामध्ये ६ जनाको शव समुद्री क्षेत्रमा फेला परेको हो। हराइरहेका एक व्यक्तिको खोजी कार्य अझै जारी रहेको छ।
मन्त्रालयले सामाजिक सञ्जाल X मार्फत् उद्धार टोलीले शवहरू फेला पारेको जानकारी दिएको छ। बेपत्ता व्यक्तिको खोजीका लागि विशेष टोली परिचालन गरिएको छ।
यस घटनाप्रति मन्त्रालयले मृतकका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ। कतारको रक्षा मन्त्रालय का अनुसार दुर्घटना प्राविधिक गडबडीका कारण भएको प्रारम्भिक निष्कर्ष निकालिएको छ।
अल जजीरा का अनुसार उद्धार तथा खोजी कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाइएको छ।