बाजुरा–१ मा कांग्रेसका जनकराज गिरी विजयी
४ फागुन, काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरी बाजुरा–१ बाट विजयी भएका छन्। गिरीले आफ्नो निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लालबहादुर थापालाई ५४० मतको अन्तरले पराजित गरेका हुन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार गिरीले १७ हजार १७३ मत प्राप्त गरेका छन् भने थापाले १६ हजार ६३३ मत ल्याएका छन्।
तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हेमराज थापा (३ हजार ४२८ मत) र चौथो स्थानमा नेपाली कम्युनिस्ट पार्टीका प्रकाश शाह (३ हजार ४२८ मत) रहेका छन्।
अन्य प्रतिस्पर्धीमध्ये, राष्ट्रिय प्रजातन्त्र पार्टीका केशरबहादुर शाहीले ३५२, नेकपा माओवादीका भुपेन्द्र ल्वारले ३३३, प्रगतिशील लोकतान्त्रिक पार्टीका दीपककुमार डिसीले ९७ र स्वतन्त्र उम्मेदवार उपेन्द्र शाहीले ७२ मत प्राप्त गरेका छन्।